Pura Samachar

गुटखा तंबाकू सेवनमा एक नंबर नागालैंड

प्रकाशित: September 20, 2021

गुटखा तंबाकू सेवनमा एक नंबर नागालैंड

डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंड राज्यमा गुटखा र तंबाकू सेवन अत्यधिक मात्रामा गरिने राज्यको रूपमा चिनिएको छ ।
गतः दिन पूरा समाचारले गरेको एउटा सर्वेक्षणले जान्न पाइएको छ कि युवा देखि लिएर बुढाहरू सम्म तंबाकू एवं गुटखा सेवन अत्यधिक मात्रामा गरेको पाइन्छ ।
यस राज्यमा विशेष गरेर शिखर र तलबको सेवन भने युवाहरूले गर्ने गर्छन ।चाहे स्कुलको टिचर हो या विद्यार्थी जुन सुकैले पनि सो तंबाकुको सेवन गर्ने गरेको कुरा पनि पूरा समाचारलाई प्राप्त भएको छ ।
तंबाकुको सेवनले विभिन्न प्रकारका बिमारहरू निम्त्याउने गरेकोले युवाहरू र विद्यार्थीहरूमा असमयमा नै धमीरो लाग्ने गर्दछ ।त्यसैले युवाहरूको कस्तो भविष्य होला र तंबाकुको सेवनले कहाॅ सम्म असर पार्नेछ भन्ने कुरा आउने भविष्यले नै तय गर्ने छ ।तब सम्म त इंतजार गर्नु नै पर्ने भयो ——।।

प्रतिक्रिया