Pura Samachar

२४ घण्टामा १,०९५ मा संक्रमण हुँदा २, ९५७ जना निकाे भए ,८ जना संक्रमितले ज्यान गुमाए

प्रकाशित: September 20, 2021

२४ घण्टामा १,०९५ मा संक्रमण हुँदा २, ९५७ जना निकाे भए ,८ जना संक्रमितले ज्यान गुमाए

काठमाडाैं । नेपालमा काेराेना संक्रमण घट्दै गइरहेकाे छ । जनसंख्या तथा  स्वास्थ्य मन्त्रालयले साेमवार दिएकाे जानकारी अनुसार काेराेना संक्रमण घटेकाे देखाइएकाे हाे ।

पछिल्लाे २४ घण्टामा थप १ हजार ९५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार याे अवधिमा १३ हजार ८१७ जनाको कोरोना परीक्षण गरिएकाे थियाे ।

पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै, विगत २४ घण्टामा थप २ हाजर ९५७ संक्रमित निकाे भएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

याे अवधिमा थप ८ जना संक्रमितले ज्यान गुमाएकाे मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांकमा जनाइएकाे छ ।

प्रतिक्रिया