
ठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १४ सांसद कारबाहीकाे माग गर्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गर्नुभएकाे रिटमाथिकाे सुनुवाइ हेर्दा हेर्दैमा राखिएकाे छ । संघीय संसदका १४ सहित २ जना लुम्बिनीका प्रदेशसभा सदस्यको पदमुक्तिको कारवाही सदर गर्न माग गर्दै अध्यक्ष ओलीले दायर गर्नुभएकाे रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा राखिएकाे हाे ।
न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि आज टुंगो नलागेको र याे मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहने सर्वाेच्च स्राेतले जनाएकाे छ ।
एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेको तथा लुम्बिनीका विमला वली र अजय शाहीलाई पनि सभामुखले जोगाएकाे भन्दै एमालेले सर्वाेच्च अदालतमा रिट दायर गरेकाे थियाे ।
प्रतिक्रिया