
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ ।
बैठक क्वालिटी ब्यांकेट बुद्धनगरमा दिउँसो २ बजे बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
गत भदौमा नेपाल एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।
पहिलो केन्द्रीय समिति बैठकले संगठनको निर्माण, कार्यदिशा र आगामी रणनीति तय गर्ने बताइएको छ । साथै सरकारमा सहभागिता र प्रभावकारिता विषयमा पनि छलफल हुनेछ । केही नेताको जिम्मेवारी समेत हेरेफेर गर्ने पनि कार्यसूची छ ।
बैठक बुधबारसम्म चल्ने छ ।
प्रतिक्रिया