Pura Samachar

राष्ट्रिय सभाको बैठक आज बस्दै

प्रकाशित: September 21, 2021

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

बैठकमा सरकारले हिजो प्रतिनिधिसभाबाट पारित गरेको बजेटका तीनवटै विधेयक पेस गर्ने सम्भावित कार्यसुची रहेको छ ।

अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले हिजो पारित गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गर्नुहुनेछ । त्यसपछि विधेयकबारे सैद्धान्तिक छलफल हुनेछ ।

प्रतिक्रिया