
सप्तरी । जिल्लामा पोखरी तथा नहरमा डुबेर एकैदिन तीन जनाको मृत्यु भएको छ । मंगलबार पोखरी र नहरमा डुबेर दुई बालिका र एक युवतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–२ की १२ वर्षीया सबना खातुन, खडक नगरपालिका–८ की ३ वर्षीया एलिजाकुमारी चौधरी र महादेवा गाउँपालिका–४ परसाही टोलकी ३० वर्षीया लक्षनकुमारी सदा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिका खातुनको बिहान सवा ११ बजे घर नजिकैको नहरमा लुगा धुने क्रममा डुबेर मृत्यु भएको थियो भने चौधरी घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा अपरान्ह सवा पाँच बजे फेला परेकी थिइन्।
यसैगरी सदाको पोखरीमा भाँडा मस्काउन जाँदा अपराह्न साढे चार बजे डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया