
काठमाडौं । मन्त्रिपरिषद्ले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ओलीको पालामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक रुपमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
ओलीको सरकारले भारतमा निलाम्बर आचार्य, चीनमा महेन्द्रबहादुर पाण्डे, अमेरिकामा युवराज खतिवडा, बेलायतमा लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरेको थियो ।
प्रतिक्रिया