Pura Samachar

माओवादीको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित: September 22, 2021

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।

आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुंग्याउने तयारी छ ।

प्रतिक्रिया