Pura Samachar

कोहिमामा आजभोली पानी पर्दै

प्रकाशित: September 22, 2021

कोहिमामा आजभोली पानी पर्दै

डा. हरिमोहन पोखरेल

 

 

 

 

कोहिमा /गतः बीस तारिखबाट सोह्र श्राद्ध शुरू हुनुका साथ -साथै नागालैंड राज्यको राजधानी कोहिमामा निरंतर रूपमा पानी परेर जनजीवनमा निकै प्रभावित पारेको कुरा पनि पूरा समाचारलाई प्राप्त भएको छ ।
समाचार अनुसार राज्यको मुख्य सहर कोहिमामा धेरै भन्दा धेरै व्यापार र व्यवसाय चलाउनेहरूलाई निकै मुश्किल परेको कुल सुन्नमा आएको छ ।
यसरी नै हाइस्कुल र सेक्रेटरीयट एरिया र डी बोलोक एरियाका पनि विशेष गरी गौ पालकहरूलाई घास काटनमा निकै दिक्दारी परेको कुरा पनि पूरा समाचारलाई प्राप्त भएको छ ।
असमय परेको पानीले धान पाकन लागेको र यस पानीले फैसलालाई नराम्रो गरी बिगारने गरेकोले गर्दा बरू पानी नपरेकै बेस होला भन्दै एकजना कृषक बताउछन ।
स्मरण रहोस् हरेक साल दशैको छेक पारेर नागालैंडमा पानी पर्न गर्छ ।जसलाई नागाहरू पनि ईश्वरको कृपा पनि नागालैंडमा छ भन्ने विश्वास राख्छन।
हेर्दै जाऔ यो पानीले कति सम्म जनजीवन असर पार्छ भन्ने कुरा त आउने भविष्य नै बताउला ।

प्रतिक्रिया