Pura Samachar

सुनको मूल्यमा वृद्धि

प्रकाशित: September 22, 2021

सुनको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो ।

मंगलबार ८९ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० रहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला एक हजार एक सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला एक हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया