Pura Samachar

आठ लाख बढीलाई कोरोना भाइरसविरुद्धको खोप

प्रकाशित: September 22, 2021

आठ लाख बढीलाई कोरोना भाइरसविरुद्धको खोप

जनकपुर। प्रदेश नम्बर २ मा आठ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । प्रदेश २ स्वास्थय निर्देशनालयले दिएको तथ्याङ्कअनुसार मंगलबारसम्म कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको संख्या ८ लाख ४६ हजार पाँच सय २४ पुगेको छ ।

प्रदेश २ मा सबैभन्दा बढी बारा जिल्लामा एक लाख ३२ हजार पाँच सय ८२ जनाले पूर्ण खोप लगाएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विजयकुमार झाले बताउनुभयो । उहाँले धनुषामा ९२ हजार एक सय ७०, महोत्तरीमा ८५ हजार छ सय ४५, सर्लाहीमा एक लाख २६ हजार ७०, रौतहटमा ७९ हजार तीन सय ३१, पर्सामा एक लाख चार हजार नौ सय १७, सप्तरीमा ८८ हजार २७ र सिरहमा ९२ हजार छ सय ७३ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको जानकारी दिनुभयो ।

प्रदेशमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । जिल्लाभरिका विभिन्न अस्पताल, स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, हेल्थपोष्टलाई केन्द्र तोकेर खोप लगाउने कार्य हुँदैआएको छ  ।
प्रदेश २ मा २०७७ माघ दोस्रो साताबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको हाे । प्रदेशमा पूर्ण खोप लगाउनेको संख्या ८ लाख एक हजार चार सय १८ छ ।

प्रतिक्रिया