Pura Samachar

दुर्घटना हुँदा रौतहटमा एक जनाको मृत्यु

प्रकाशित: September 22, 2021

दुर्घटना हुँदा रौतहटमा एक जनाको मृत्यु

रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मौलापुर विद्युत प्राधिकरणमा करार सेवामा फ्युजसेवामा कार्यरत कर्मचारी पप्पु पटेल रहेको प्रहरीले जनाएको छ ।

कटहरियाबाट घर देवाही गोनाही नगरपालिका वडा नं ६ जाने क्रममा मंगलबार साढे नौ बजे आफैँले चलाईरहेको ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस भई उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

दुर्घटना भएको खबर पाए लगतै प्रहरीले घाईते पप्पु पटेललाई उपचारको लागि कटहरियास्थित एउटा क्लिनिकमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका हुन् ।

मृतकको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको र घटनाको वारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया