Pura Samachar

बाछो काटेको अभियोगमा चार व्यक्ति पक्राउ

प्रकाशित: September 22, 2021

बाछो काटेको अभियोगमा चार व्यक्ति पक्राउ

काठमाडाैं । गाईको बाछो काटेको अभियोगमा चार व्यक्ति पक्राउ परेका छन् । नौकुण्ठ गाउँपालिका २ घर भएका ६५ वर्षीय कामछिरिङ लोकचन लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे ।

तारकेश्वर नगरपालिका ५ गोलढुङ्गा फुयेलचोक चौताराको खोलामा गाईको बाछो काटिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले जानकारी दिएकाे छ ।

बाछाे काटिरहेकाे भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले गाईको बाछो काटिरहेको अवस्थामा फेला पारी उनीहरुलाई फेला पारेकाे प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया