
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई सपथग्रहण गराउनुभएको हो ।
मंगलबार बसेको सत्तारुड दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्रमन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमति भएपछि प्रधानमन्त्री देउवाले खड्काको नाम राष्ट्रपति समक्ष सिफारिस गर्नु भएको थियो ।
प्रतिक्रिया