लकडाउन सुरु भएसँगै बन्द भएको पशुपतिनाथ मन्दिर सरकारले खुला गर्ने तयारी गरेको छ । पशुपतिनाथ मन्दिर दर्शन खुला गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने गरी तयारी गर्न निर्देशन दिएका हुन् ।
अब मुलुक बिस्तारै कोभिड १९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा निश्चित समयसम्म स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन खुला गर्ने गरि तयारी शुरु गर्न मन्त्री भट्टराईले निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराईले आइतबार कोषमा समक्षिा बैठक आयोजना गरेका थिए । बैठकमा उनले पशुपति दर्शनको तयारी शुरु गर्न निर्देशन दिएका हुन् । पशुपतिनाथ मन्दिरमा १० चैतपछि नियमित पूजा बन्द गरिएको छ । सन्ध्या आरती समेत बन्द रहेको छ ।
सरकारले कोरोना फैलन नदिन ११ चैतबाट लकडाउन शुरु गरेको हो । अहिले लकडाउन खुकुलो पारिएको छ । सरकारले सार्वजनिक यातायात समेत खुला गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया