Pura Samachar

नवनियुक्त परराष्ट्रमन्त्री खड्का भने- एमसीसी प्राथमिकता लिस्टमा छैन

प्रकाशित: September 22, 2021

नवनियुक्त परराष्ट्रमन्त्री खड्का भने- एमसीसी प्राथमिकता लिस्टमा छैन

काठमाडौँ ६ असोज । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्का आज साँझ न्यूयोर्क जाने भएका छन् ।

आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेकाले उनले आफु संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेको बताएका हुन् । आफुले आफ्नो भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० प्राथमिकतामा नरहेको समेत स्पष्ट पारेका छन् ।

‘राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन ।’उनले भने । साथै राष्ट्रसंघ महासभाको बैठक पछि सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया