
एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गर्नुभएको छ ।संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न र क्वाड शिखर सम्मेलनमा भाग लिनका लागि उहाँ अमेरिका प्रस्थान गर्नुभएकाे हाे ।
अमेरिकामा रहँदा मोदीले ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुहुने कार्यतालिका रहेकाे भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनको भेटवार्ता हुने समाचारमा जनाइएको छ । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेन सम्हालेपछि यी दुई नेताबीच पहिलो व्यक्तिगत भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धनले जारी गरेको विज्ञप्ति उद्रित गर्दै समाचारमा जनाइएकाे छ ।
प्रतिक्रिया