
काठमाडौ । कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ ।
सिंहदरबारमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको तालिका फेरि परिवर्तन गर्ने सहमति जुटाएको हो । दशैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।
यसअघिको तालिका अनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख छ ।
९ गतेका लागि निर्धारित पालिकास्तरीय अधिवेशन यथावत रहने गरि कार्यतालिका परिवर्तन गर्ने सहमति भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नयाँ कार्यतालिकाबारे अन्तिम टुङ्गो लगाउने जिम्मा केन्द्रीय निर्वाचन समितिलाई दिइएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया