Pura Samachar

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा संवैधानिक इजलासको सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिटमा आज सुनुवाइ हुने

प्रकाशित: September 23, 2021

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा संवैधानिक इजलासको सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौं । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा संवैधानिक इजलासको सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिटमा आज सुनुवाइ हुने भएकाे छ ।

सर्वाेच्चले बिहीवार न्यायाधीश कुमार चुडालको एकल इजलासमा उक्त रिटको सुनुवाइ तोकेको  हाे ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश हरिप्रसाल फुँयालको एकल इजलासले संवैधानिक नियुक्तिबारेको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध रिट दर्ता गर्नुभएको थियो ।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफै संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेपछि रिट दायर भएकाे थियाे ।

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको शुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागि नहुने निर्णय गर्नुभएको थियो । तर संविधानमा प्रधानन्यायाधीश विनाकाे इजलास बस्ने बारेमा कुनै व्यवस्था नभएकाले याे अन्याेल कायमै रहेकाे छ ।

प्रतिक्रिया