Pura Samachar

प्रतिनिधि सभाकाे बैठक असाेज ११ गतेसम्मका लागि स्थगित

प्रकाशित: September 23, 2021

प्रतिनिधि सभाकाे बैठक असाेज ११ गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक असाेज ११ गतेसम्मका लागि स्थगित भएकाे छ । बिहीवार बसेकाे बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित भएसँगै सभामुख अग्नीप्रसाद सापकाेटाले बैठक ११ गते अपरान्ह २ बजेसम्मका लागि स्थगित गर्नुभएकाे हाे ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक २०७८ लाई पारित गरियोस्’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस्’ भन्ने दुवै प्रस्ताव बहुमतले पारित गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले आफ्नो अवरोध कायमै राखेको छ ।

प्रतिक्रिया