
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।
विहीवार सम्पन्न केन्द्रीय कमिटीको पहिलो बैठकले ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी पनि गठन गरेको छ ।
यही असोज ५ गतेदेखि सुरु भएको बैठक विभिन्न निर्णय गर्दै बिहीबार सकिएको छ ।
बैठकले पार्टीमा सातजना उपाध्यक्षसहित विभिन्न पदाधिकारी समेत चयन गरेको छ । नेता बेदुराम भुसाल महासचिव बन्नुभएको छ । तीन उपमहासचिव र चार सचिव पनि चयन गरिएको छ ।
प्रतिक्रिया