
काठमाडौं । सरकारले काेराेना खोपको दुबै मात्रा पूरा गरेका र १४ दिन पूरा भएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने भएकाे छ । सरकारले उनीहरू क्वारेन्टीनमा पनि बस्न नपर्ने आदेश जारी गरेकाे हाे ।
सरकारले जारी गरेको ”विदेशबाट नेपाल आगमन हुने र नेपालबाट विदेश प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापन आदेश” अनुसार अनअराइभल भिसा खुला गर्नुका साथै क्वारेन्टीन व्यवस्था हटाएको छ। यद्यपि खोपको मात्रा पूरा नगरेकाले सम्बन्धित मुलुककै कुूटनीतिक नियोगमा भिसा लिनु पर्ने र १० दिन क्वारेन्टीन बस्नु पर्ने व्यवस्था यथावत रहेको छ ।
अब कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको, नेपाल आउने उडानको लागि चेक इन हुनु भन्दा ७२ घण्टा भित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको, होटेल बुक गरेका र सीसीएमसीको अनलाइन फारम भरेका विदेशीले सहजै नेपाल प्रवेश पाउने छन् ।
यद्यपि आफ्नो धर्म, रीति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारमा सहभागि हुन आउने नेपाली वा गैर आवासीय नेपालीलाई भने स्थानीय तहको सिफारिसका आधारमा एन्टिजेन टेस्ट गरी नेगेटिभ रिपोर्ट आएपछि गन्तव्यमा जान दिइने निर्देशिकामा उल्लेख छ ।
प्रतिक्रिया