Pura Samachar

त्रिशुलीमा कार खस्यो, ३ जना बेपत्ता

प्रकाशित: September 24, 2021

त्रिशुलीमा कार खस्यो, ३ जना बेपत्ता

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ । कार दुर्घटना हुँदा ३ जना बेपत्ता भएको चितवनका एसपी ओम अधिकारीले बताए ।

गएराति ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका –५ स्थित मुग्लिङभन्दा अढाई किलोमिटर अगाडी काठमाडौं तर्फबाट त्रिशुलीमा खसेको हो ।

कार चालक पोखरा मानगरपालिका–१७ घर भएका ५५ वर्षीय प्रेम बहादुर भुजेल, पोखराका लेख बहादुर भुजेल र उनकी पत्नी ईश्वरी भुजेल बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको एसपी अधिकारीले बताए ।

प्रतिक्रिया