Pura Samachar

हिंदी संगोष्ठी संपन्न

प्रकाशित: September 24, 2021

हिंदी संगोष्ठी संपन्न

डा. हरिमोहन पोखरेल

कोहिमा / वर्तमानमा हिन्दीको स्थिति अति नै नाजुक रहेको र अन्य भाषाको तुलनामा हिंदीले धेरै नै पीर मर्का खपी रहनु परी रहेको र यसबाट माथि उठनको लागि निरंतर लागि रहनु पर्ने कुरा मुख अतिथिको आसनबाट बोल्दै प्रो आनंद शर्मा विभागाध्यक्ष कृषि अर्थशास्त्र विभाग नागालैंड विश्वविद्यालयले भने ।
हिन्दी पखवाड़ा 2021 अंर्तगत वर्तमान समय में हिन्दी भाषा के समक्ष चुनौतियां विषयमा हिन्दी विभाग द्वारा आयोजित सेमिनारमा उनले भने कि हिन्दीको उत्थानको लागि सबैले प्रयास गर्नुपर्छ ।

 

 

 

 

 

 

यस अवसरमा अतिथि वक्ताको रूपमा प्रो, आनंद शर्मा र श्रीमती राॅगसेनकला आओ ले शोधपत्र प्रस्तुत गरे ।
गुगल मीटको माध्यम द्वारा आयोजित एक दिवसीय संगोष्ठी देशभरिका लगभग एकसय भन्दा बढी शोधार्थी, शिक्षक, प्राध्यापक, पत्रकार र लेखकले भाग लिएका थिए भने संगोष्ठी अपराह्न एक बजेबाट आरंभ भएर डेढ बजे समापन भएको थियो ।
संगोष्ठीको संचालन डा, राधारानी माइतीले गरेकी थिइन् भने धन्यवाद ज्ञापन आशीष कुमार हिदी अधिकारीले गरेका थिए ।

प्रतिक्रिया