Pura Samachar

कोलकाता नाइट राइडससँग मुम्बई इन्डियन्स पराजित

प्रकाशित: September 24, 2021

कोलकाता नाइट राइडससँग मुम्बई इन्डियन्स पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।

आबुधाबीमा बिहीबार राति भएको खेलमा मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । जितसँगै कोलकाताले ९ खेलमा ८ अङ्क जोडेको छ । कोलकाता चौथो स्थानमा उक्लिएको छ । छैटौँ स्थानको मुम्बईले पनि ९ खेलमा ८ अङ्क जोडेको छ ।

प्रतिक्रिया