
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर र मोडेर्ना खोप दशैंसम्म आइपुग्ने बताउनुभएको छ ।
चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकमीसँग कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि मोडेर्ना र फाइजर खोप आउने सुनिश्चित भइसकेको बताउनुभएको हो ।
उहाँले एक लाख डोज मोडेर्ना खोप दशैैसम्म आइपुग्ने जानकारी दिनुभयो । फाइजर खोप ल्याउने प्रक्रिया समेत अन्तिम चरणमा पुगिसकेको मन्त्री श्रेष्ठको भनाइ छ ।
आगामी कात्तिक महिनाभित्र ३३ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप पाउने र पहाडी जिल्लाहरूलाई पूर्ण खोप बनाउने तयारी साथ कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया