काठमाण्डाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतीताेला रु ६००खरूपाैयाँले घटेकोे छ । बिहीबार ८९ हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ६०० रूपैयाँले घटेर ८९ हजार रूपाैयाँमा कारूेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायि महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु ८९ हजार १५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला रु पाँचले बढेको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार १५५ मा कारोबार भएकाेमा आज रु एक हजार १६० तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।
प्रतिक्रिया