Pura Samachar

११ जना डिआइजीको सरुवा, को कहाँ पुगे?

प्रकाशित: September 24, 2021

११ जना डिआइजीको सरुवा, को कहाँ पुगे?

गृह मन्त्रालयले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको छ। बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट ११ जना डिआइजीहरूको सरुवा भएको हो।

यो सरुवामा सबै प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू समेटिएका छन्।

सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार बराह बाहिनी सुनसरीमा कमल गिरीको सरुवा भएको छ।

त्यहाँका बाहिनीपति वंशीराज दाहाललाई पशुपति बाहिनी काठमाडौं ल्याइएको छ।

यसैगरी, डिआइजी मन्दीप श्रेष्ठलाई गढिमाई बाहिनी हेटौंडाबाट सशस्त्र प्रहरी मुख्यालय सरुवा गरिएको छ।

हेटौडामा किशोर प्रधानलाई पठाइएको छ।

डिआइजी कुलबहादुर नेम्वाङलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यावासिनी बाहिनी, रूपन्देही सरुवा गरिएको छ।

राजु अर्याललाई पशुपतिनाथ बाहिनीबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ।

सशस्त्र प्रहरीको पोखरास्थित बाहिनीका नारायणदत्त पौडेललाई कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ। पोखरामा शम्भु सुवेदीलाई पठाइएको छ।

प्रदेश नम्बर २ को चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ। उनको ठाउँमा गणेश ठाडामगरलाई पठाइएको छ।

सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागमा कार्यरत दुर्गाप्रसाद भट्टराईको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ।

प्रतिक्रिया