Pura Samachar

बामदेव गौतमले राजीनामा दिएको झण्डै एक महिनामा पछि राजीनामा अस्वीकृत

प्रकाशित: September 24, 2021

बामदेव गौतमले राजीनामा दिएको झण्डै एक महिनामा पछि राजीनामा अस्वीकृत

काठमाडौं ८ असोज । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले राजीनामा दिएको झण्डै एक महिनामा पछि राजीनामा अस्वीकृत भएको छ ।

उपाध्यक्ष गौतमले पार्टीका सवै जिम्मेवारीबाट परित्याग गर्दै गत भदौ १८ गते राजीनामा दिएका थिए ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार राजीनामा दिएको तिन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा स्वीकृत गरेको छैन । रजीनमा स्वीकृत नभएकाले उनको नाम एमालेले अपडेट गरेर निर्वाचन आयोग पठाएको समेत उनले बताएका छन् ।

उनले राजीनामा सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेको विषयलाई समेत अध्यक्ष केपी ओलीले आफूलाई सुधार नगरेको तथा पार्टीका बिचार सिद्धान्त र कार्यदिशा पालना नगरेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया