Pura Samachar

समाज कल्याण परिषद्का पदाधिकारीद्वारा सामूहिक राजीनामा

प्रकाशित: September 24, 2021

समाज कल्याण परिषद्का पदाधिकारीद्वारा सामूहिक राजीनामा

काठमाडौं। समाज कल्याण परिषद्का पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् ।

परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य सचिव पुस्कर खाती र कोषाध्यक्ष लोकनाथ सुवेदीले संयुक्त राजीनामा दिएका हुन् ।

यस्तै, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रम्हध्वज गुरुङ, मणिराम बञ्जाडे र संजयकुमार साहले बिहीबारै राजीनामा दिएको उपाध्यक्ष खतिवडाले जानकारी दिनुभयाे ।

उहाँहरूलाई एक वर्षअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

प्रतिक्रिया