
काठमाडाैं । नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने निर्णय गरेकाे छ ।
शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन शुरू गर्ने निर्णय गरेकाे हाे ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले २१ वटा हिमाली जिल्ला दसैँअघिनै जिल्ला अधिवेशन निर्णय गरेकाे छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्ने प्रस्ताव गर्नुभएकाे थियाे, तर पदाधिकारी बैठकले ६४ जिल्ला मात्र भोलि ९ गतेदेखि पालिका अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयाे ।
प्रतिक्रिया