Pura Samachar

सर्वाेच्चद्वारा दल विभाजन अध्यादेशविरूद्धकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार

प्रकाशित: September 24, 2021

सर्वाेच्चद्वारा दल विभाजन अध्यादेशविरूद्धकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशविरूद्ध परेकाे रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ ।

अध्यादेशका आधारमा दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता बदर गर्न माग गर्दै परेकाे रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अश्वीकार गरेको हाे ।

सर्वाेच्चकाे संवैधानिक इजलासमा भएको सुनुवाइपछि विपक्षी नेपाल सरकार, निर्वाचन आयोग र सभामुखसहितलाई कारण देखाउ आदेश जारी गरिएको छ ।

छलफलका लागि दुवै पक्षलाई झिकाउने र विपक्षीबाट लिखित जवाफ माग गर्ने आदेश जारी भएको छ ।

प्रतिक्रिया