
काठमाडाैं । गैँडाको खागसहित प्रहरीले गौशालाबाट एक जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको बन्यजन्तु तथा वनस्पतीसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएकोे टोलीले संरक्षित वन्यजन्तु गैँडाको खागसहित ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार पक्राउ गरेको हो ।
गौशालाको तिलगंगा क्षेत्रमा गैंडाको खाग तथा आखेटोपहारको अवैध ओसारपसार र बेचबिखन गर्न लागेको सूचनाको आधारमा उनलाई ४५ ग्रामको खागसहित नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता श्याम कुमार महतोले जनकारी दिनुभयो
पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसारमा बुझाइएको ब्युरोले जनाएको छ।
प्रतिक्रिया