Pura Samachar

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको रिटकाे सुनुवाइ स्थगित

प्रकाशित: September 24, 2021

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको रिटकाे सुनुवाइ स्थगित

काठमाडौं । प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको रिटकाे सुनुवाइ स्थगित भएको छ । नेपाल बार एशोसियनले आधिकारिकरूपमा एमिकस क्यूरीको नाम नपठाएका कारण सुनुवाइ स्थगित भएकाे हाे ।

न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेसी तोकिएको सो मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भएकाले आज सुनुवाइ गरिएकाे सर्वाेच्च स्राेतले जनाएकाे छ ।

सर्वोच्च बारले पूर्णमान शाक्य र रविनारायण खनाल तथा नेपाल बारले अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्व अध्यक्ष शेरबहादुर केसीको नाम टुंगो लगाए पनि आधिकारिकरूपमा नाम नदिएको बताइएको छ ।

न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न दिएको आदेश बमोजिम आज पेसी तोकिएको थियो ।

प्रतिक्रिया