Pura Samachar

वसन्त चाैधरीलाई ह्रदयघात भएकाे समाचार गलत पुष्टि

प्रकाशित: September 25, 2021

वसन्त चाैधरीलाई ह्रदयघात भएकाे समाचार गलत पुष्टि

काठमाडाैं । उद्याेगपति एवं कवि वसन्त चाैधरीलाई ह्रदयघात भएकाे समाचार गलत पुष्टि भएकाे छ ।

विभिन्न सञ्चारमाध्यममा चाैधरीलाई ह्रदयघात भएकाे समाचार बाहिरिएपछि जनाता समाचारमा पनि साेही व्यहाेराकाे समाचार प्रकाशित भएकाे थियाे ।

पछिल्लाे जानकारी अनुसार चाैधरीले आफूलाई ह्रदयघात नभएकाे र त्यस्ताे समाचार पूर्णत: गलत भएकाे बताउनुभएकाे छ। पारिवारिक भ्रमणका लागि हाल दुबइमा रहनुभएका चाैधरीले उपचार गर्न नभइ घुमफिर गर्नका लागि दुबइ आएकाे प्रष्ट पार्नुभएकाे छ ।

काठमाडाैंमा रहेकाे नर्भिक अस्पतालका अध्यक्षसमेत रहनुभएका चाैधरीले एन्जियोग्राफीमा सामान्य समस्या देखिकाे भए पनि यो गम्भीर नभएको बताउनुभएकाे छ ।

प्रतिक्रिया