Pura Samachar

दशैंका लागि काठमाडौं बाहिरिनेको संख्या बढ्न थाल्यो

प्रकाशित: September 25, 2021

दशैंका लागि काठमाडौं बाहिरिनेको संख्या बढ्न थाल्यो

काठमाडौं । अध्ययन, रोजगारी लगायत विभिन्न कारणले काठमाडौं उपत्यकामा अस्थायी रुपमा बसोबास गर्नेहरु यतिबेला गाउँघर फर्किन थालेका छन् । नेपालीको महान पर्व दशैंतिहार नजिकिएसँगै उपत्यका छोड्नेको संख्या बढ्न थालेको हो ।

यातायात व्यवस्था विभागले सोमबारदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिसकेको छ।

बिहीबार विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ता अधिकारकर्मी लगायतको छलफलपछि अग्रिम टिकट खुल्ने भएको हो। सरकारले गत असार २९ गते सार्वजनिक सवारीको भाडा समायोजन गरेको थियो। यसैअनुसार लामो दूरीको सवारीमा नयाँ भाडादर लागू भएको छ ।

प्रतिक्रिया