काठमाडौं । पूर्वी नवलपरासीको दाउन्ने क्षेत्रमा माथिबाट खसेको पहिरोका कारण गएरातिदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ । सडकमाथिबाट खसेको पहिरोले सवारीसाधनमा समेत क्षति पुगेको छ । मानवीय क्षति नभएको उनले जानकारी दिए ।
अहिले पूर्व–पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनहरु त्यसक्षेत्रमा रोकिएका छन् । विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबाको मन्दिर नजिकै पहिरो खसेको हो । पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नम्बरका कार र ना ६ ख १५५९ नम्बरको ट्रक च्यापिएको छ । अहिले प्रहरीले उक्त सडक सुचारुको प्रयास गरेको जनाएको छ ।
प्रतिक्रिया