
काठमाडौं । नेपाल र ओमानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । दोहास्थित कतार युनिभर्सिटीको मैदानमा आज राति ९:४५ बजे नेपाल र ओमनबीच मैत्रीपूर्ण फुटबल हुँदैछ ।
ओमानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली यतिबेला कतारमा छ । साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग खेल्न लागेको हो । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म हुँदैछ ।
प्रतिक्रिया