Pura Samachar

देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाले ज्यान गुमाए

प्रकाशित: September 26, 2021

देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाले  ज्यान गुमाए

२४ घण्टामा देशभर ८३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा निको हुने दर धेरै रहेको छ । अर्थात १२७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार बितेको २४ घण्टामा १३ हजार ७३६ जनामा कोरोना परीक्षण भएको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा ९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६ पुगेको छ । यस्तै कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९१ हजार ३९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ५४७ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ६१ हजार १५४ जना निको भएका छन् ।

प्रतिक्रिया