Pura Samachar

भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी निर्वाचित

प्रकाशित: September 27, 2021

भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी निर्वाचित

नेपाली कांग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन्।

सोमबार बिहान सकिएको मतगणनाअनुसार ६४९ मतसहित अधिकारी सभापति पदमा निर्वाचित भएका हुन्। उनी भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष पनि हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीले ५४६ मत मात्रै ल्याएका थिए।

महानगरको सभापति पदमा हिरामणि अधिकारी र बचन कार्की पनि उठेका थिए।

कांग्रेसले गाउँ/नगर अधिवेशन सकिएका ठाउँमा असोज ९ देखि पालिका अधिवेशन सुरू गरेको

कांग्रेसले १४ ‍औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने भनेको छ।

महाधिवेशनअगाडि तल्ला तहका अधिवेशन भइरहेका छन्।

प्रतिक्रिया