Pura Samachar

आत्मज्ञान बिना जीवन मुक्ति हुदैन —महात्मा दीपिका बाइजी

प्रकाशित: September 27, 2021

आत्मज्ञान बिना जीवन मुक्ति हुदैन —महात्मा दीपिका बाइजी

डा. हरिमोहन पोखरेल

कोहिमा /आत्मज्ञान बिना मानव जीवनमा मुक्ति हुन संभव छैन ।मानव जीवनमा जति सुकै अन्य कर्महरू गरे पनि आत्मज्ञानले मात्र मुक्ति पाउन सकिन्छ ।चारदिने कोहिमा आश्रमको भ्रमणमा आउनुभएको महात्मा दीपिका बाइजीले हिजो सत्संगमा भक्तहरूलाई आफ्नो प्रवचनमा भन्नुभयो ।
मानव उत्थान सेवा समिति कोहिमा नागालैंड आश्रममा गतः तेइस तारीख देखि भ्रमण गरेर भक्तहरूलाई सत्संगमा मन लगाउने र समितिको कार्यमा सुचारू रूपले सहयोग गर्दै ज्ञानको प्रचार -प्रसार गर्ने पनि आग्रह गर्नुभयो ।
गतः तेइस तारिखको दिन ध्यान शिविर लगाएर भक्तहरू भुल्न लागेको क्रियालाई पनि पुनः स्मरण गराउनुभयो ।
हिजो आइतबारको दिन कोहिमा आश्रममा भक्तहरूलाई प्रवचन सुनाउदै बाइजीले भन्नुभयो कि मानिसले चौरासी योनी काटनको लागि ध्यान सुमिरन नै एकमात्र साधन हो ।यसको सही रूपमा जीवनमा उतारने गरेर मानव जीवन मुक्ति हुन्छ ।
कोरोनाकालको उल्लेख गर्दै बाइजीले भन्नुभयो कि यो समय साधना गर्ने ठूलो समय हो ।हामीले यो कोरोनाकालमा यो साधना गरेर महामारीबाट मुक्ति हुन सक्छ ।
धेरै वर्ष विदेशमा रहेर ज्ञानको प्रचार -प्रसार गर्नुभएको बाइजीले आफ्नो अनुभव
सुनाउदै वहाँले भन्नुभयो कि विदेशमा यहाँ भन्दा धेरै नै राम्रो हाम्रो जाति, भाषा ,परंपरा र धर्मको प्रचार भएको देखेर हामीले अनुसरण गर्नु आवश्यक छ ।विकसित देशमा भने जहाॅ भोगवादी प्रवृत्ति एकदम चरमसीमामा छ ।फेरि पनि भारतीय धर्म र संस्कृति भने कम छैन ।
अत्याधुनिक तकनीकीको प्रयोगको उल्लेख गर्दै वहाँले भन्नुभयो कि होलेंडको नामक देशमा एकपटक सत्संगमा सबै डच भक्तहरू आएका थिए ।दुवै हल खचाखच भरिएको थियो ।उनीहरू हिंदी बुझ्दैनथिए र आफू डच ।फेरि पनि मशीन ट्रांसलेशनको माध्यमबाट त्यो भाषाई ग्याप भरिन सकियो ।राम्रो संग सत्संगमा भयो ।
वहाँले अगाडि भन्नुभयो कि हामीले ज्ञानको प्रचार -प्रसार निरंतर गर्नु पर्छ ।जसले हाम्रो जीवन सफल र मुक्ति पाउन सकिन्छ ।
स्मरण रहोस् महात्मा दीपिका बाइजी नौ वर्षबाट लंदन यू के मा ज्ञानको प्रचार -प्रसारमा हुनुहुन्थ्यो ।गतः साल वहाँको स्थानांतरण डिमापुर स्थित खटखटी आश्रममा भएको हो ।

प्रतिक्रिया