
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले मन्त्रिपरिषदलाई पूर्णता दिन देखिएको कानुनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको हो ।
बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको बताइएको छ ।
बैठकले आगामी महाधिवेशनको कार्यतालिकामा समेत केही हेरफेर गरेको छ । बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिनुभयो ।
स्थानीयस्तरको भेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया