Pura Samachar

राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकबारे जानकारी

प्रकाशित: September 27, 2021

राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकबारे जानकारी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकबारे जानकारी दिइएको छ ।

सोमवार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको दुवै सदनबाट पारित भई विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको सन्देश पढेर सुनाउनुभएको थियो ।

त्यस्तै राष्ट्रियसभाबाट सुझावसहित पारित भई आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभामा फिर्ता भइ आएको सन्देश पनि सभामुखले पढेर सुनाउनुभएको थियो ।

सोमवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले नाराबाजीसहि वेल घेराउ गरेका थिए । विरोधकैबीच सभामुख सापकोटाले सन्देश पढेर सुनाउनुभएको हो ।

त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असोज १४ विहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया