Pura Samachar

थप १२८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,७ जनाको मृत्यु

प्रकाशित: September 27, 2021

थप १२८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,७ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप एक हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा  १५ हजार ४८८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार एक हजार २६२ संक्रमित निको भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १०३ जनाको मृत्यु भएको छ।

यस्तै हाल १८ हजार ८४८ सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकामा थप ३९४ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । जसमध्ये  काठमाडौंका २८५ , ललितपुरका ६६ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया