Pura Samachar

निलम्बित सहसचिव चुडामणि शर्मा ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट रिहा

प्रकाशित: September 27, 2021

निलम्बित सहसचिव चुडामणि शर्मा ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट रिहा

काठमाडौं । निलम्बित सहसचिव चुडामणि शर्मा ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट रिहा भएका छन्।

कर फछ्र्यौट आयोगको सदस्य सचिव हुँदा व्यवसायीलाई गैरकानुनी रुपमा लाभ पुग्ने कर छुट दिएको अभियोग लागेका शर्मा सोमबार विशेषले मागेअनुसार ५० लाख धरौटी बुझाएर रिहा भएका हुन्।

कर फर्स्योट आयोगमा रहेर भ्रष्टाचार गरेको आरोप लागेका शर्मा सोमबार अदालतमा हाजिर भएका थिए । उनलाई थुनछेक बहसपछि ५० लाख रुपैयाँ धरौटी मागिएको हो । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा उनको बयान भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो। आयोगले समेत तीन जनाविरुद्ध विशेष अदालतमा दोस्रो मुद्दा दर्ता गरेको थियो। अभियोगपत्रमा शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो।

प्रतिक्रिया