
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ ।
माधवकुमार नेपाल नेतृत्वको पार्टीले सोमवार आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको हो । नेता नेपालले समाजवादीबाट मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसक्नुभएको स्रोतको भनाइ छ । एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम मन्त्रीका लागि टुंगो लगाएको हो ।
यस्तै भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई समेत पठाउने तयारी एकीकृत समाजवादीको छ । एकीकेत समाजवादीको भागमा ६ मन्त्रालय परेपनि कुनकुन मन्त्रालय पाउने भन्ने टुंगो भने लाग्न बाँकी छ ।
प्रतिक्रिया