
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गनुृहुने भएको छ ।
मंगलबार अपरान्ह ४ बजे नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग छलफल गर्न लाग्नुभएको हो ।
नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गर्नुभएको नेता खिमलाल भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया