
काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदरबादले राजस्थान रोयल्समाथि शानदार जीत हात पारेको छ ।
दुबईमा भएको खेलमा राजस्थानले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।
राजस्थानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
सनराईजर्सले १६५ रनको लक्ष्य १८.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । जेसन रोयले हैदराबादबाट डेब्यु गरेका थिए ।
सनराईजर्स अंक तालिकाको अन्तिम स्थानमा रहेको छ । यो सिजनको दोस्रो जित हो ।
राजस्थानले १० खेल खेल्दा छैटौं हार व्यहोरेको छ भने ८ अंकसहित तालिकको छैटौं स्थानमा छ ।
प्रतिक्रिया