Pura Samachar

जनजीवन अस्त-व्यस्त

प्रकाशित: September 28, 2021

जनजीवन अस्त-व्यस्त

कोहिमा /28 सितंबर /
आज अपरान्ह एक बजेबाट अचानक परेको मूसलाधार पानीले कोहिमा शहर लगायत धेरै ठाउँहरूमा जलमग्न हुनुका साथै जनजीवन एवं वाणिज्य व्यवसायमा पनि निकै नै

 

 

 

 

गाह्रो परी रहेको कुरा पनि पूरा समाचारलाई प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार अचानक बिजुलीको कडकाई र गडयाङ गुडुङले गर्दा मानिसहरू त्राहि-त्राहि मचचाएको कुरा पनि एकजना व्यवसायीले बताएका छन।
रोजै दशैको छेक पारेर कहिले काहीं यस्तो खालको पानी पर्ने गरेकोले खेतीमा पाकन आटेको बाली समेत नोक्सानी हुने कुरा पनि एकजना वरिष्ठ कृषकले बताए ।
धेरै भन्दा धेरै यात्रुहरू माथि कसैले ओता नबोकेको र बोकैकोले समेत ओढन नपाएको र हावापानीले बर्बाद पारेको कुरा पनि धेरै यात्रुहरूले पूरा समाचारलाई बताएका छन ।
सा -साना ठाउँमा भने अचानक परेको पानीले खोला नाला बढेर आवत -जावतमा व्यवधान परेको कुरा पनि गाउँलेहरू बताउछन ।
समय जस्तो आएको भए पनि समय समयमा कोहिमामा यस्तो खालको पानीले असर नपारेको होइन ।फेरि पनि यसको असर बदलिदो मौसमको प्रतिरूप नै भन्नुपर्ला ।

प्रतिक्रिया