
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विस्वासको मत लिने तयारी गर्नु भएको छ ।
मुख्यमन्त्री शाक्यले सरकार टिकाउन साना दलसहित अन्य दलहरूसँग गठबन्धनको प्रयास विफल भएपछि संसदबाट विश्वासको मत लिने तयारी थाल्नु भएको हो ।
गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको नेकपा एमालेको सरकार पार्टी विभाजन पछि अल्पमतमा परेको थियो । विश्वासको मत लिन मुख्यमन्त्री शाक्यलाई कुल १०९ जना सांसद् मध्ये ५५ जनाको समर्थन आवश्यक रहेको छ ।
मुख्यमन्त्री शाक्यले सरकार टिकाउन अन्य दलहरूसँग गठबन्धनका लागि निकै प्रयास गरेपनि सफल हुन नसकेपछि विश्वासको मत लिने तयारी गर्नुभएको हो । सरकार अल्पमतमा परेको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
मुख्यमन्त्री शाक्यले आगामी असोज २५ गते भित्र विश्वासको मत लिइसक्नु पर्नेछ । बागमती प्रदेशमा प्रदेशमा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२ र नेकपा एकीकृत समाजवादी पार्टीका १३ जना सांसदसहित संयुक्त गठबन्धनको सरकार बनाउने गृहकार्य भइरहेको छ ।
प्रतिक्रिया